विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चीनले नेपालसँगको व्यापारिक रसुवागढी नाका पूर्णरूपमा नखोल्दा ५७.३ मेगावाटका २ जलविद्युत आयोजनामाकाे विद्युत उत्पादन तालिका प्रभावित भएकाे छ । चीनबाट आयात गरिएका आयोजनामा जडान हुने उपकरण लासामा  राेकिँदा १४.८ मेगावाटकाे माथिल्लाे सान्जेन र साढे ४२ मेगावाटकाे सान्जेन आयोजनाकाे विद्युत उत्पादनमा ढिलाइ हुन पुगेकाे हाे ।

आयोजनामा जडान हुने हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण  एक वर्षदेखि लासामा आएर थन्किएकाे सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले बताए । उनका अनुसार चीनले सीमा नाका नजिकै आइपुगेका उपकरण आयोजना स्थलसम्म ढुवानी गरेर ल्याउने अनुमति नदिएपछि त्यसकाे असर विद्युत उत्पादन तालिकामा परिरहेकाे छ ।

‘काेराेना (काेभिड–१९) महामारी फैलिएदेखि रसुवागढी नाकामा मालबहाक गाडी सञ्चालनमा राेक लगएकाले हामीले उपकरण ढुवानी गर्न सकेका छैनाै । खाद्यान्न र फलफूल आयातमा प्रतिबन्ध छैन् । सामान बाेकेका गाडी काेही लासामा र काेही केरुङमा राेकिएका छन् ।,’ उनले भने,‘ सम्बन्धित सबै निकायमा धेरै पटक पहल गरेपछि परिस्थिती केही सहज बन्ला जस्ताे देखिएकाे छ ।’ उनले बाटाेमा राेकिएका उपकरण ल्याउन अतिरिक्त शुल्क तिर्नुपर्ने कुरा चिनियाँ पक्षले राखेकाे बताए । 

कम्पनीले ठेकेदारसँगकाे सम्झाैताअनुसार नै ढुवानी खर्च बेहाेर्ने स्पष्ट कुरा राखेकाे पनि उनले बताए । काेराेना महामारीकै कारण लामाे समयसम्म उपकरण भन्सारमा रहेकाले सुरक्षितरूपमा ढुवानी गर्न अर्कै गाडीकाे प्रयाेग गर्न भन्दै चिनियाँ पक्षले थप शुल्क मागेकाे उनले बताए ।

उपकरण आयात गर्न नसकिएकाले आयोजनाकाे काम सुस्त गतिमा अघि बढेकाे छ । माथिल्लो सान्जेनको ८८ प्रतिशत र सान्जेनको ७८ प्रतिशत निर्माण पूरा भएकाे छ । माथिल्लो सान्जेनको बाँध, विद्युतगृह र सुरुङको काम सकिएको छ । विद्युतगृहको सिभिल संरचना निर्माणको काम सकिन लागेको छ ।

यस्तै, सान्जेनको बाँध क्षेत्रको काम ९५ प्रतिशत पूरा भएको छ । आयोजनाको मुख्ये मुख्य सुरुङ खनेर सकिएको छ । विद्युतगृहमा काम हुँदैछ ।

तत्कालै भन्सार नाकाबाट उपकरण छुटाउन सकेमा १० महिनाभित्रमा जडान सम्पन्न गरिसक्ने उनले बताए । उपकरण आयातमा भएकाे ढिलाइकै कारण आयाेजनाकाे विद्युत उत्पादन तालिका पनि १ वर्ष धकेलिने देखिएकाे छ ।

निर्माणाधीन दुवै आयोजना पूरा गर्न ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा सान्जेन पूरा गर्न ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेन पूरा गर्न २ अर्ब २१ करोड ८० लाख रुपैयाँ निर्माण लागत अनुमान छ । 

कम्पनीले निर्माण गरिरहेका दुवै आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ । चिलिमे–हबसम्म आवश्यक १३२ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

६ किलोमिटर लामो प्रसारण लाइनको २० वटा टावर मध्ये १८ वटा फाउन्डेन (जग) तयार भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइनको २ वटा जग खन्ने काम पूरा भएपछि टावर खडा गर्न सुरु गरिनेछ । 

प्रसारण लाइनको लागि आवश्यक हार्डवेयर, कन्डक्टर र ओपीजीडब्लुलगायतका सामाग्री आयोजनास्थलमा पुगिसकेका छन् । टावरमा जडान हुने उपकरणहरू पुर्याउने काम हुँदैछ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit