विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२.१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जाेडेको  चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आव २०७८/७९ को तुलनामा नाफा बढेको देखिएको हो । 

साउनदेखि असोजसम्मको अवधिमा २० करोड ७८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष यही समयअवधिमा २० करोड ३५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो । यो आयोजनाले २०६० भदौदेखि निरन्तर विद्युत उतपादन गरिरहेको छ । 

यस्तै, खानी खोला हाइड्रो पावर लिमिटेडले २ करोड ५३ लाख ६ हजार ७ सय ८१ रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत र्षको तुलनामा बढेको हो । गत वर्ष यस समय अवधिमा ७० लाख १९ हजार ८ सय १९ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा खानी खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ६ करोड ७६ लाख १५ हजार १ सय ४८ रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा विद्युत बिक्रीबाट भएको आम्दानी बढेको हो । गत वर्ष ४ करोड ५७ लाख ३२ हजार १ सय १ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको ४.३६ मेगावाटको टुङ्गुन ठोस्ने खोला जलविुत आयोजना र २ मेगावाटको खानी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । यो आयोजनाले निरन्तर रुपमा विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । 

यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेडले पनि २७ करोड ५७ लाख १२ हजार ८ सय १९ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा घटेको हो । गत वर्ष यस समयअवधिमा कम्पनीले २९करोड ६ लाख ७६ हजार ४ रुपैयाँ नाफा कमाएको थियो । 

खुद नाफा घटे पनि कम्पनीको विद्युत बिक्रीबाट भएको आम्दानी भने बढेको छ । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४७ करोड २३ लाख ९९ हजार ७ सय २० रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समय अवधिमा ३८ करोड ७१ लाख ५७ हजार ७ सय ३१ रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको गुल्मी जिल्लामा ५ मेगावाटको अप्पर होंग्दी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ चैत १ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit