विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ८ जना कर्मचारीलाई सहायक प्रबन्धकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले सोमबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा ७ तहका ती कर्मचारीलाई सहायक प्रबन्धक (८ तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त स्थानमा पदपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ८ गतेको निर्णय अनुसार बढुवा गरेको हो ।

जेष्ठता तथा कार्यसम्पादनका आधारमा ४ जना र कार्यक्षमता मुल्याङकनका आधारमा ४ जना कर्मचारीको बढुवा गरेको प्राधिकरणले जनाएको छ । जेष्ठता तथा कार्यसम्पादनका आधारमा गोपाल कुमार ठाकुर, दिपीन ढकाल, जयानन्द झा र रुमेश रुपाखेती रहेको छन् ।

यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा सुशील पौडेल, अनिल कुमार अधिकारी, करम हुसेन खान  सरिता पन्थीलाई सहायक प्रबन्धकमा बढुवा गरिएको छ ।

प्राधिकरणले यसअघि पनि १५ कर्मचारीलाई निर्देशकमा, ९ कर्मचारीलाई सह–निर्देशकमा , ३ कर्मचारीलाई उप–निर्देशकमा, २० कर्मचारीलाई उप–प्रबन्धकमा, ११ कर्मचारीलाई सहायक निर्देशकमा बढुवा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३