विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकालाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको सहकार्यमा महानगर अन्तर्गत ११८ किलोमिटर क्षेत्रमा बत्ती जडानको प्रक्रिया सुरु गरिएको हो ।

पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा थप ११८ किलोमिटर क्षेत्रमा बत्ती राख्न बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।  पहिलो चरणको काम अन्तिममा पुगेकाेले दोस्रो चरणको कामको थालिएको छ ।

२०८० बैशाखभित्र पहिलो चरणको सडक बत्ती जडानको काम पूरा गरी दोस्रो चरणको काम सुरु गर्ने तयारी भइरहेको छ । यो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । दोस्रो चरणमा विभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्ट सहितको बत्ती रहने प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ भने दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिने छ ।

आउँदो ५ वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप महानगरलाई उज्यालो सहर बनाउन लागिएको महानगर प्रमुख रेणु दाहालले बताइन । यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ ।

सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताइन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit