विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयले हेर्ने ६ जिल्लामा ९७ प्रतिशत विद्युतीकरण भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत कार्यालय मातहत रहेका जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको हो ।

अहिलेसम्म सबैभन्दा बढी परासीमा ९९.४२ प्रतिशत विद्युतीकरण भइसकेको कार्यालय प्रमुख मुनिर ठाकुरले बताए । उनका अनुसार सबैभन्दा कम विद्युतीकरण पाल्पामा ८९ प्रतिशत विद्युतीकरण भएको छ ।

‘तराईका जिल्लामा प्राय सबै ठाउँमा केन्द्रीय प्रणालीको सेवा पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पहाडी जिल्ला केही पछि छन् ।’ उनले रुपन्देही र कपिलवस्तुमा ९९ प्रतिशत विद्युतीकरण भइसकेको बताए ।

अर्चखाँचीमा ९८ प्रतिशत र गुल्मीमा ९७ प्रतिशत विद्युतीकरण भइसकेको छ । सबै जिल्लामा पूर्ण विद्युतीकरण गर्न अझै १ वर्ष लाग्ने बताए । परासी, रुपन्देही र कपिलवस्तुमा चालू आर्थिक वर्षभित्र विद्युतीकरण भइसक्ने उनको दाबी छ ।

‘३ जिल्लामा असारसम्ममा पूर्ण विद्युतीकरण भइसक्छ । पाल्पा, गुल्मी र अर्घखाँचीमा पूर्ण विद्युतीकरण गर्न थप १ वर्ष लाग्छ’ उनले भने । तराईका जिल्लामा भौगोलिक सहजताले विद्युतीकरण गर्न सहज हुने भए पनि पहाडी जिल्लामा कठिनाई हुने गरेको पनि उनले बताए । कार्यालय अन्तर्गत विद्युत प्राधिकरणका ४ लाख ७१ हजार ग्राहक छन् । 

अहिले यी जिल्लामा २ सय मेगावाट हाराहारीमा विद्युत खपत हुँदै आएको छ । हिउँदको विद्युतको उच्च माग १ सय ८० मेगावाट र बर्खामा बढीमा २ सय १० मेगावाटसम्म विद्युत खपत हुने गरेको जानकारी ठाकुरले दिए ।

कार्यालयले विद्युत बिक्रीबाट वार्षिक १० अर्ब रुपैयाँ हाहारीमा आम्दानी गर्दछ । कार्यालय अन्तर्गत प्रणालीबाट १२ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ । चालू आर्थिक वर्षभित्र ९ प्रतिशतमा झार्ने लक्ष्य भए पनि प्राविधिक चुहावट बढी भएकाले सम्भव नहुने उनले बताए ।

प्रदेशको वितरण प्रणालीमा आउने समस्या समाधान गरी विद्युत सेवा दिगो र गुणस्तरीय बनाउन विभिन्न जिल्लामा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेका कार्यालयले जनाएको छ । केही वितरण लाइन तथा सबस्टेसन निर्माण पूरा भई सञ्चालनमा आइसकेका छन् । प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान पूर्वी रुकुम र रोल्पा जिल्लाको विद्युतीकरण प्राधिकरणको नेपालगन्ज डिभिजन कार्यालयले हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit