विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वीट्जरल्याण्डले नेपाललाई टनेल र टवाईनमा सहयोग गर्ने भएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरबीचको मन्त्रालयमा भएको शिष्टाचार भेटमा यस्तो बताएकी हुन् ।

भेटमा क्यापलरले टनेल एवं टवाईनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप भएकोले नेपालमा सहयोग गर्न बताईन् । नपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेकोले सो क्षेत्रमा सहयोग गर्ने विश्वास दिलाइन् । सो अवसरमा जलवायु परिवर्तनको असरका कारण आफ्नो देशको तापक्रम वृद्धि हुँदै गएको सुनाइन् ।

भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको थियो । स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा रहेको बताइन् ।

नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै भुसालले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताइन् । 

‘हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा बृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ । यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ’ उनले भनिन् । मन्त्री भुसालले सङ्घीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यावाद व्यक्त गरिन् । 

भेटमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बाबुराम भण्डारी र परारष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit