विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऊर्जा दक्षताका उपायहरू अपनाउने पहिलो चरणका १० वटा उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ । दिगो औद्योगिक अभ्यासको प्रवर्द्धनमा ऊर्जा दक्ष उपाय अपनाएर ती उद्योगले पुर्‍याएको योगदानको कदर गर्दै ती उद्योगहरुलाई अनुदान वितरण गरिएको हो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच बिहीबार बैंकले आर्थिक अनुदान वितरण गरिएको थियो । 

ऊर्जा अडिटमार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेका ती उद्योगले करिब २ करोड ९० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् । यस्ता उपायबाट दीर्घकालीन रूपमा वार्षिक झन्डै ३६ हजार ७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ, जसले नेपालको जलवायु प्रतिबद्धता तथा दिगो औद्योगिक विकासमा पनि योगदान पुर्‍याउने छ ।

‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम– नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण (रिप–ग्रिन) परियोजना’ अन्तर्गत यो अनुदान कार्यक्रम सञ्चालित छ । रिप ग्रिन परियोजना युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।

यस कार्यक्रमले ऊर्जा बचतको उच्च सम्भावना भएका उद्योगलाई ऊर्जा दक्ष अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहन गर्दै आइरहेको छ, जसबाट स्वच्छ ऊर्जा प्रविधिको विकास एवं प्रवर्द्धन तथा जीविकोपार्जनमा पनि सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ । यस कार्यक्रमअन्तर्गत स्थानीय ऊर्जा अडिटरद्वारा सिफारिस गरिएका उपायहरूको कार्यान्वयनका लागि कुल लगानी लागतको आंशिक हिस्सा अनुदान स्वरूप प्रदान गरिन्छ । यो योजनाले ऊर्जा दक्षता, मर्यादित श्रम अभ्यास तथा वातावरणीय मापदण्डको पालना सुनिश्चित गर्न प्राथमिकता दिँदै आएको छ ।

पहिलो चरणको अनुदान वितरणसँगै रिप–ग्रिन अनुदान सुविधा औपचारिक रूपमा सुरु भएको छ, जसबाट नेपालका औद्योगिक क्षेत्रमा सफा तथा दक्ष प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले दिगो वित्तीय प्रणाली र हरित अर्थतन्त्रप्रति बैंकको प्रतिबद्धता दोहोर्‍याए । 

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रुद्र खनाल, युरोपेली संघ तथा जिआइजेड नेपालका प्रतिनिधिहरू, ऊर्जा परामर्शदाता, निजी क्षेत्रका संघसंस्थाहरू तथा उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।

यो वित्तीय पहलले नेपालको दिगो औद्योगिक अभ्यासलाई प्रवर्द्धन गर्न, सर्कुलर अर्थतन्त्रका सिद्धान्त अपनाउन, वातावरणीय मापदण्डहरू पालना गर्न तथा मर्यादित श्रम अभ्यासलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

अनुदान सहयोगमा कार्यान्वयन गरिएका उपायबाट प्राप्त उपलब्धिले भावी दिनमा सार्वजनिक तथा निजी क्षेत्रका कार्यक्रममा ऋण वा मिश्रित वित्तीय प्रणालीमार्फत लगानी प्रवाह गर्न सकिने सम्भावनाको नमुना प्रस्तुत गर्ने छ । यसबाट थप उद्योग र उद्यमहरूले ऊर्जा दक्ष उपायहरू अवलम्बन गर्न प्रोत्साहन पाउनेछन् र नेपालको दिगो विकासमा योगदान पुर्‍याउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३