विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइन ‘नो लोड’मा चार्ज गरिएको हो ।

निर्माण कम्पनी त्रिपुरेश्वर जयदुर्गे देवीका निर्देशक पद्यसागर लुइँटेलले प्रसारण लाइन र सबस्टेसनको परीक्षण गरी माघ १६ गते (मंगलबार) देखि ‘नो लोड’मा चार्ज गरिएको जानकारी दिए ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइन र ३३÷११ केभीको रातोढुंगामा सबस्टेसनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

लाइन र सबस्टेसनको निर्माण पूरा गरी मंगलबारदेखि ‘नो लोड’ मा चार्ज गरिएको आयोजना प्रमुख बोधराज ढकालले बताए । ‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेसन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेसन चार्ज र सञ्चालन गर्न समस्या भएको थियो, अवरोध हटाएर मंगलबारदेखि चार्ज गरिएको छ ।’

सबस्टेसनको अन्तिम चरणको केही बाँकी रहेकोले १० दिनभित्र ‘लोड’ दिएर चार्ज गर्ने पनि ढकालले बताए । लाइन र सबस्टेसन ‘लोड’ दिएर चार्ज भएपछि स्थानीयमा विद्युत् आपूर्ति सुधार हुनेछ । साथै, त्यस क्षेत्रमा निर्माणमा जान लागेको जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति हुनेछ । जलविद्युत् प्रवद्र्धकले सबस्टेसनसम्म ३३ केभी लाइन निर्माण गरिसकेको पनि उनले जानकारी दिए ।

लाइन र सबस्टेसनको काम यसअघि नै सम्पन्न गरी चार्ज गर्ने योजना रहे पनि रातोढुंगामा रहेको सबस्टेसन नजिकैका जग्गाधनीले ३३÷११ केभी क्षमताको प्रसारण लाइनको पाँचवटा टावर सार्न माग गर्दै तातोपानी र दरवाङतर्फ जाने ११ केभी क्षमताको वितरण लाइन निर्माणमा अवरोध गरेका थिए ।
स्थानीयसँग सहकार्य गरेर काम अघि बढाएको पनि ढकालले जानकारी दिए ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजना, निर्माण व्यवसायी र प्रभावित जग्गाधनीसँग छलफल गरेर सबस्टेसन चार्ज र प्रसारण लाइन सञ्चालन गर्न पहल गरेको बताए ।

नेपाल विद्युत् प्राधिकरणमार्फत जयदुर्गेले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सुरु भएको थियो ।

चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

रातोढुंगा सबस्टेसन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धवलागिरी, मालिका र मंगला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए । ‘हाल मिलनचोक सबस्टेसनबाट चारवटा फिडरबाट लामो दुरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ’, उनले भने, ‘२० किलोमिटर दुरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit