विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्डले निजी क्षेत्रले अघि बढाएका २ जलविद्युत आयोजनाको ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको मंगलबार बसेको ४७औं बैठकले ताप्लेजुङमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर र मनाङ्गमा निर्माण हुने १३९.२ मेगावाटको तल्लो मनाङ्ग मरस्याङ्दी जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो ।

सानिमा हाइड्रो समूहले अघि बढाएको माथिल्लो तमोर निर्माणका लागि ६४ अर्ब रुपैयाँ रुपैयाँ लगानी स्वीकृत भएको छ । विद्युत विकास विभागले यो आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरिसकेको छ ।

आयोजना अघि बढाउन पहुँच सडक निर्माण, आवश्यक विद्युत उपयोगका लागि प्रसारण लाइनको निर्माण लगायत प्रारम्भिक चरणका कामहरू सम्पन्न भइसकेका छन् । सानिमा समूहले यो आयोजनामा जापानबाट लगानी भित्र्याउँदैछ ।

यस्तै, बुटवल पावर कम्पनी (बिपिसी) ले अघि बढाएको तल्लो मनाङ्ग मर्स्याङ्दी निर्माणका लागि ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यो आयोजनामा चिनियाँ समूहले कूल लागतको ८० प्रतितश लगानी गर्दैछ । बिपिसीको २० प्रतिशत लगानी हुनेछ ।

बिपिसीले १३५ मेगावाटको मर्स्याङ्दीसँगै यो आयोजनाको निर्माण पनि एकसाथ सुरु गर्ने भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढी लागतका जलविद्युत आयोजनाको लगानी बोर्डले स्वीकृत गर्ने प्रावधान छ ।

बैठकले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतको एसजेभिएन लिमिटेडलाई दिन गरिने समझदारी पत्र (एमओयु) को मस्यौदा पनि स्वीकृत गरेको छ । साथै, एसजेभिएनकै लगानीमै निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको प्रवेश मार्गमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने निर्देशन बैठकले बोर्डलाई दिएको छ ।

यस्तै, बैठकले ७५६ मेगावाटको तमोर जलाशय आयोजनाको अध्ययन अनुमतिपत्र दिने सम्बन्धमा आएका अस्पष्ट विषयको सम्बोधन गरी कानुनगत सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit