विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ स्थित जलजला गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरी पहिलो पटक जलजलामा राष्ट्रिय प्रणालीको विद्युत पुर्याएको हो ।

ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत झण्डै ५५ लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत सेवा विस्तार गरेको प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । उनका अनुसार प्राधिकरणले गलकोट नगरपालिका ५ हरिचौरस्थित  सबस्टेसनबाट ११ केभी फिडर निकालेर खौलारा बजारदेखि ट्यापिङ गरी ४ किलोमीटर पर झुलेडाँडामा ५० केभीको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ । 

प्राधिकरणले दुर्गम गाउँमा विद्युत सेवा पुर्याउन विद्युतीकरण विस्तारको कार्यलाई नियमितरूपमा गर्दै लैजाने पनि उनले बताए । प्राधिकरणले क्रमशः गाउँपालिकाका सबै वडामा विद्युतीकरण विस्तार गर्दै लैजाने प्रतिवद्धता पनि उनले जनाए ।

गाउँमा प्राधिकरणको विद्युत सेवा पुगेपछि स्थानीयबासी हर्षित भएका छन् । लामो समयदेखि स्थानीयरूपमा सञ्चालित लघुजलविद्युत केन्द्रको विद्युतको भरमा रहेको गाउँमा प्राधिकरणले विद्युत सेवा विस्तार गरेपछि जनजीवन सहज भएको स्थानीय समाजसेवी झबिन्द्र बुढाथोकीले बताए । 
उनले ८ वर्ष अघिबाट लघु जलविद्युत केन्द्रको विद्युत स्थानीयले सामान्यरूपमा उपयोग गर्दै आएकोमा अब भने सबै घरधुरीमा विद्युतको सहज पहुँच पुगेको बताए । ‘यतिका वर्षसम्म गाउँमा विद्युत काम चलाउ जस्तो मात्रै थियो,’ उनले भने, ‘बल्ल दिगो र परभर्दो सेवा आइपुगेको छ । यसले हामी गाउँलेको मल नै उज्यालो भएको छ ।’ 

भौगोलिक विकटताका कारण लघु जलविद्युत केन्द्रमा समयस्या आउँदा मर्मत सम्भारमा हैरानी खेप्नु पर्ने बाध्यता रहेकोमा अब सहज भएको स्थानीय माया श्रीसले बताइन् । यसअघि स्थानीयले सामूहिक लगानीबाट गाउँमा लघुजलविद्युत केन्द्र निर्माण गरी सिमित घरधुरीमा वितरण गरेका थिए । 

लघुजलविद्युत केन्द्र राम्रोसँग नचल्दा उद्योग, व्यबसाय सञ्चालनमा समस्या रहँदै आएको थियो । गाउँमा विद्युतको पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज भएको गाउँपालिकाका उपाध्यक्ष अम्मरबहादुर श्रीसले बताए । उनले भने, ‘यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच यस गाउँका जनताका लागि आवश्यक थियो । अब लाइन आइसक्यो । उद्योग, व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ ।’ 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit