विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले असार पहिलाे साता उपत्यमामा विभिन्न ८ ठाउँमा विद्युत् सेवा अवरुद्ध गर्ने भएकाे छ । प्राधिकरणले असार २ गतेदेखि ८ गतेसम्म विभिन्न ८ वटा फिडरबाट वितरण भइरहेकाे बिजुली सेवा अवरुद्ध गर्ने सूचना सूचना मार्फत जानकारी दिएको हाे । 

प्राधिकरणका अनुसार असार २ गते डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्म र ३ गते कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ ।  

असार ४ गते कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्म र ५ गते कीर्तिपुर फिडर अन्तर्गत पाँगा सडक क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

असार ६ गते ताहाचल फिडर अन्तर्गत कालीमाटी चोक क्षेत्र र ७ गते महाकाल फिडर अन्तर्गर्गत बौद्ध क्षेत्र साथै ८ असारमा रोपवे र मच्छेगाउँ फिडर अन्तर्गत नगाउँ क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । 

कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गरिने भएकाेले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएकाे छ ।   

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३