images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पाल्पालको निस्दी गाउँपालिका ८ सय घरधुरीमा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याइएको छ । ३ हजार ५ सय घरघुरी रहेको उक्त पालिकाको ७ नम्बर वडामा यसअघि कुनै पनि स्रोतको बिजुली पुगेको थिए । त्यस्तै, वडा नम्बर १ र २ मा साँझबिहान लघुजलविद्युत्को बिजुली बाल्ने गरिएको थियो । 

पालिकामा संघीय सांसद पाल्पा १ का नारायण आचार्य, विद्युत् प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझा, निस्दी गाउँपालिकाका प्रमुख मुक्तबहादुर सारुलगायतको उपस्थितिमा आइतबार फ्युज सेन्टर ९नोलाइट० समेत स्थापना गरिएको र १४ वटा लोड सेन्टर सञ्चालनमा ल्याइएको पाल्पा वितरण केन्द्र प्रमुख दिलिप मरासिनीले बताए । 

पाल्पा सदरमुकाम तानसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको अति दुर्गम निस्दीमा नेपाल विद्युत् प्राधिकरणको पाल्पा वितरण केन्द्रले विद्युत् वितरण गर्ने छ । 

‘विद्युत् पुगेपछि ८ सय घरधुरीमा मिटर जडान  कार्य तीव्र पारेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयलाई पाल्पा जान टाढा पर्ने भएकोले मिटरका लागि आवेदन फारमहरु र मिटर गाउँमै ल्याएर वितरण गरिरहेका छौँ ।’ 

हालसम्म बिजुली नपुगेका उक्त पालिका घरहरुमा अहिले स्थानीयले हाउस वायरिङ समेत गरिरहेको र वायरिङ सकिएका घरमा बिजुली समेत बल्न थालिसकेको उनले बताए । बिजुली आएपछि स्थानीय हर्षित भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit