विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १०६ मेगावाटको आंशिक जलाशययुक्त आयोजनाको परामर्शदाताका लागि निकालेको ठेक्कामा ६ वटा कम्पनी सर्टलिष्ट (प्रारम्भिक छनोट) भएका छन् । जगदुल्ला हाइड्रोपावर कम्पनीले आयोजनाको परामर्शदाताका लागि गत कात्तिक ६ गते निकालेको ठेक्कामा आवेदन दिएकामध्ये ६ कम्पनी छनोट भएका हुन् ।

प्राविधिक प्रस्तावमा पास भएर डोल्सार/वापकोस जेभी, फिचनर/जेड/लोमबर्दी जेभी, पिनी बिडार/इप्टिसा जेभी, स्मेक/एचसीइ/आइटीसीइओ जेभी, ट्रयाकवेल इन्जिनियरिङ प्रालि, वाइआरइसी/युइसी जेभी सर्टलिस्टेडमा परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ठूला ठेक्काहरूमा प्राविधिक सहयोगका लागि परामर्शदाता नियुक्त गर्नुपर्छ । आर्थिक प्रस्ताव पछि सबैभन्दा कम कवोल गर्ने कम्पनीले ठेक्का पाउनेछ ।

परामर्शदाताका रुपमा छानिने कम्पनीले ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरभिजन, आयोजनाको विस्तृत अध्ययन, रिभ्यु, अन्तिम रुप दिने, बिडिङ डकुमेन्टका लागि सहयोग लगायतका प्राविधिक काम गर्नु पर्नेछ ।

प्रस्तावित जगदुल्ला जलविद्युत आयोजना डोल्पाको जगदुल्ला नदीमा निर्माण हुनेछ । आयोजनाको विस्तृत अध्ययन र डिजाइन भइसकेको छ । नेपाल विद्युत प्राधिकरण मातहतको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले  विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको हो ।

काम सुरु गरेको करिब ६ वर्षभित्र गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ र्निाण गरी इलस्थित विद्युतगृहमा खसालिनेछ ।

कूल ३०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भएपनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत उत्पादन गर्न सकिने गरी क्षमता अध्यावधिक (अप्टिमाइजेसन) गरिएको आयोजनाले जनाकारी दिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

अहिले आयोजनाको पूर्व तयारीको काम चलिरहेको छ । यही वर्षभित्र पूर्व तयारीको काम सकेर आगामी वर्ष निर्माणमा जाने योजना छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit