images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक महिनामा करिब ३०० मेगावाटका जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विद्युत विकास विभामा आवेदन दिएका छन् । आर्थिक वर्ष (आव) २०८०/८१ काे साउन महिनामा मात्र अध्ययन पुरा भएका ४ जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।

अध्ययन पुरा भएको २९५.२५ मेगावाका ४ आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएको विभागले जनाएको छ । विभागका अनुसार आवेदन दिएका आयोजनामध्ये सबै भन्दा ठुलो २१६ मेगावाटको बझाङ अप्पर सेती जलविद्युत आयोजना रहेको छ । समृद्धि इनर्जी लिमिटेडले अध्ययन पुरा गरेको यस आयोजनाले उत्पादन अनुमतिका लागि साउन १२ गते आवेदन दिएको छ ।

४३.२ मेगावाटको चिलुन खोला जलविद्युत आयोजनाले पनि साउन १७ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । याे आयोजना अध्ययन हनुमान हाइड्रो पावर प्रालिले गरेको हो । साथै, ३५.१५० मेगावाटको माथिल्लो अप्सुवाले पनि साउन १४ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको विभागकाे तथ्यांकमा छ । राम जानकी हाइड्रो पावर प्रालीले अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएकाे हाे। 

आवेदन दिएका आयोजनामध्ये सबैभन्दा सानो गार्जन खोला स्मल जलविद्युत आयोजना रहेको छ । यस आयोजनाको आइस ल्यान्ड पावर प्रालिले अध्ययन पुरा गरी साउन १८ गते उत्पादन अनुमति लागि आवेदन दिएको छ ।

यसैगरी, साउनमा ६.२ मेगावाटको तल्लो खानी–बी र ९.१४ मेगावाटको सुपर घलेम्दी जलविदुत आयोजनाले उत्पादन अनुमति पाएकाे विभागकाे तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit