विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको त्रिशूलीमा निर्माणाधीन २५ मेगावाटको सोलार प्लान्टको ४० प्रतिशत अर्थात् १० मेगावाट केन्द्रीय प्रणालीमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले शिलन्यास भएको ९ महिनाभित्र पूरै प्लान्ट सकिने भनेको झन्डै ३ वर्षमा उक्त काम सकिएको हो ।

प्राधिकरणको तत्कालीन व्यवस्थापनको लापरबाही र ठेकेदारको ढिलाईका कारण शिलन्यास भएको २ वर्ष १० महिना अर्थात् फागुन १७ गते १० मेगावाट ग्रिडमा जोडिएको छ । बाँकी १५ मेगावाट कहिलेसम्म पूरा हुन्छ भन्नेमा प्राधिकरणले यकिन समय भन्न सकेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने अबको करिब ७ महिनामा १० मेगावाट प्रणालीमा जोडिने बताए । ‘देवीघाट विद्युत्गृहभन्दा माथिको हेलिप्याड (चौर) मा निर्माण हुने ५ मेगावाटको काम पूरा गर्न समय लाग्ने देखिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘आउँदो असोजसम्म २० मेगावाट बिजुली प्रणालीमा जोडिन्छ ।’

हेलिप्याड चौरमा निर्माण हुने ५ मेगावाटबराबरको प्लान्टको भने भर्खर प्रारम्भिक वातावरणीय अध्ययन सकिएको शाक्यले बताए । सोलार प्लान्टबाट उत्पादित विद्युत् देवीघाटस्थित ६६/३३ केभी सबस्टेसन निर्माण गरी जोड्ने योजना छ ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले २०७५ साल बैशाख १४ गते उक्त सोलार प्लान्टको शिलन्यास गरेका थिए । शिलन्यासक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ महिनाभित्र केन्द्रीय प्रणालीमा जोडिने बताएका थिए । उनले भनेका थिए, ‘यही पुसभित्र निर्माण पूरा गरी ग्रिडमा जोड्न सकिनेछ ।’

त्रिशूली नदी बेसिनमा निर्माण भएका प्राधिकरणका जलविद्युत केन्द्रको जग्गा उपयोग गरी सोलार प्लान्ट निर्माण गर्ने सरकारको योजना छ । विश्व बैंकको ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’ अन्तर्गत आयोजना निर्माण हुन लागेको हो ।

विश्व बैंकको ३ करोड ३४ लाख अमेरिकी डलर (करिब ४ अर्ब रुपैयाँ) सहुलियत ऋण तथा प्राधिकरणको १ करोड २० लाख रुपैयाँमा आयोजना पूरा गर्ने लक्ष्य छ । यसका लागि प्राधिकरणले ८० लाख अमेरिकी डलरमा चीनको राइजन इनर्जीलाई ठेक्का दिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको जिम्मा लिएको छ ।

चिनियाँ कम्पनीले आर्थिक वर्ष २०७८/७९ भित्र आयोजना निर्माण गरी प्राधिकरणलाई हस्तान्तरण गर्ने दाबी गरेको छ । करिब ५०० रोपनी क्षेत्रफल ओगट्ने सोलार प्लान्टबाट वार्षिक ३ करोड ३० लाख बिजुली उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit