विद्युत अपडेट

  • प्राधिकरण : ८१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७१३ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१२४० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९२७ मे.वा.
२०८३ कार्तिक १३, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । पक्राउको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरिएको भन्दै एशोसिएसनले आपत्ति जनाएको हो ।

एशोसिएसनले शुक्रबार (कात्तिक १३ गते) विज्ञप्ति जारी गर्दै दुवै इन्जिनियरलाई नियन्त्रणमा लिइएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई पनि नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्नेमा एशोसिएसनले जोड दिएको छ ।

एशोसिएसनका अध्यक्ष इन्जिनियर सुबास चन्द्र बरालद्वारा जारी विज्ञप्तिमा आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि नै प्रश्न उठाउने उल्लेख छ । यस्ता घटनाले कानुनी प्रक्रिया र पेशागत सम्मानप्रति गम्भीर प्रश्न सिर्जना गर्ने भन्दै एशोसिएसनले असहमति जनाएको हो ।

एशोसिएसनले सम्बन्धित निकायसँग दुवै इन्जिनियरलाई पक्राउ गर्नुको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै, उनीहरूको मानव अधिकार तथा कानुनी अधिकारको पूर्ण प्रत्याभूति सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।

कानुनबमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिँदै एशोसिएसनले पक्राउको कारण स्पष्ट पारेर कानुनी प्रक्रियाप्रति विश्वास कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा प्रहरीले बिहीबार दुवैलाई पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा बुझाएको भनिए पनि पक्राउकाे कारणबारे भने हालसम्म खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३