विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ साउन २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ । परम्परागत जलाशय प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कंक्रिट’ युक्त बाँध निर्माण कार्य अघि बढाएको हो ।

आयोजनाका अनुसार मुख्य बाँध १४० मिटर अग्लो हुने छ । हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कंक्रिट ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने, ‘बाँध निर्माणको क्रममा मास कंक्रिटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलन गरेर काम गर्ने गरिएको छ ।’

प्रमुख भण्डारीका अनुसार बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको हो । उनले भने, ‘अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिएको छ, अबको दुई वर्षभित्र क्रङ्क्रिट राख्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ प्याकेज–१ अन्तर्गत बाँध निर्माण र सेती नदी ‘डाइभर्सन’ को काम पूरा गरी बाँधमा कङ्क्रिट राख्ने कार्य भइरहेको सो आयोजनाले जनाएको छ । प्याकेज–१ को ४२.५ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ ।

प्याकेज–१ को निर्माण सोङदा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । यस प्याकेजअन्तर्गत रिभर डाइभर्सन, स्लोप कटिङ, साइड व्यवस्थापन र दुई ठूला डाइभर्सन टनेल खन्ने कार्य सकिएका कारण भौतिक प्रगति बढेको हो । तीनवटा प्याकेजमा निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको समग्रमा ६७ प्रतिशत भौतिक प्रगति भइसकेको जनाइएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरू भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको आयोजना प्रमुख भण्डारीले बताए ।

त्यसैगरी, प्याकेज–२ अन्तर्गत योजनाको सुरुङ, विद्युत्‌गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका संरचना निर्माण गरिएको छ । यस योजनाको निर्माणको जिम्मा सिनो हाइड्रो कर्पोरेसन चीनले पाएको छ । त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३