विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत विकासमा अग्रसर निजी क्षेत्रको कम्पनी बिजबेल प्रालि र जलस्रोत क्षेत्रमा कार्यरत ब्ल्यू वाटर इन्टेलिजेन्स (बिडब्लूआई) नामको फ्रेन्च कम्पनीबीच पेरिसमा एक रणनीतिक साझेदारीमा सम्झौता भएको छ । सम्झौतामा बिजबेलका संस्थापक सुशील पोखरेल र बिडब्लूआईका प्रमुख कार्यकारी अधिकृत जेरेमी फ्यानले हस्ताक्षर गरेका छन् ।

नेपालको जलस्रोत विकास तथा पूर्वानुमानका क्षेत्रमा यो सम्झौता एउटा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ । किनकि, यसले पानीको अध्ययन, अनुगमन र संरक्षणमा बढ्दै गएको चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा छ ।

सम्झौतापछि बिजबेलका संस्थापक पाखरेलले बिडब्लूआईको उच्च आधुनिक प्रविधिबाट नेपालका नदीहरूमा प्रवाह हुने हाइड्रोलोजीको सही मापन गर्न सकिने बताए । ‘यसबाट हामीले हाइड्रोलोजीको सही तथ्यांक प्राप्त गर्न सक्नेछौं र जसले वास्तविक ऊर्जा उत्पादनको सही प्रक्षेपण गर्न ठूलो मद्दत पुग्नेछ,’ उनले भने, ‘यसबाट हाम्रो विद्युत खरिदकर्तालाई समेत आफूले प्राप्त गर्ने विद्युतको लेखाजोखा गर्न सहयोग पुग्छ ।’

यसैगरी, बिडब्लूआईका प्रमुख कार्यकारी अधिकृत फ्यानले नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेको लोकप्रिय कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे । दक्षिण एसियामा जनसांख्यिक वृद्धिका कारण सामाजिक संकट टार्न जलविद्युत विकास अपरिहार्य रहेको पनि उनले बताए ।

‘जलविद्युत एक नवीकरणीय ऊर्जा भएको हुँदा यस क्षेत्रको विकासमा बिजबेलको समेत आफ्नै विज्ञता छ, जुन दिगो क्षेत्रीय विकासको महत्वपूर्ण कडी हुन सक्छ,’ उनले भने, ‘बिज बेलसँग जोडिएर दक्षिण एसियाको स्वच्छ ऊर्जामा काम गर्न पाउनु हाम्रा लागि पनि सुखद पक्ष हो ।’

नेपालपछि बिजबेलसँगको साझेदारीमा अफ्रिकी देशहरूमा जलविद्युत विकास गर्ने लक्ष्य रहेको पनि फ्यानले बताए । सोही क्रममा एसिया तथा दक्षिण प्रशान्त क्षेत्रको व्यापार हेर्ने संयोजक जिन फ्रान्कोइस अम्ब्रोसियोले बिजबेलसँगको साझेदारीले नेपाल जस्तो हिमाली देश जहाँ जलविद्युत उत्पादनको प्रचुरता छ, त्यहाँ काम गर्न पाउने अवसरको सही सदुपयोग हुने बताए । यस क्षेत्रमा नेपाली कम्पनीसँग साझेदारी गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे ।

बिडब्लूआई भूमिगत जलभण्डारको अनुगमन, अन्तरदेशीय पानीको गुणस्तर मापन र नदीको बहावको पूर्वानुमानका क्षेत्रमा काम गर्ने विश्वस्तरकै चर्चित कम्पनी मानिन्छ । जलस्रोत व्यवस्थापनको क्षेत्रमा यस कम्पनीले पृथ्वीमा उपलब्ध तथ्यांकलाई कृत्रिम बौद्धिकता मार्फत विभिन्न देशका सरकार र सम्बद्ध कम्पनीहरूलाई सहयोग गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३