विद्युत अपडेट

  • प्राधिकरण : ७६५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४०० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४७६ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : ९४६७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६३२ मे.वा.घन्टा
  • ऊर्जा माग : ४९१५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३८ मे.वा.
२०८३ मङ्सिर १३, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । विद्युत प्रसारण तथा वितरण प्रणालीमा ‘खुल्ला पहुँच’ कार्यान्वयनका सम्भावना, चुनौती र आवश्यक नीतिगत सुधारबारे विस्तृत अन्तरक्रिया सम्पन्न भएको छ । 'इलेक्ट्रिकल इन्जिनियर्स वेलफेयर एसोसिएसन (इइए नेपाल)' द्वारा आयोजित शनिबार सम्पन्न अनलाइन कार्यक्रममा यसबारे छलफल भएको हो ।

‘नेपालमा खुल्ला पहुँचको कार्यान्वयन’ विषयमा आयोजित उक्त अन्तरक्रियामा ऊर्जा क्षेत्रका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक र सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा विद्युत नियमन आयोगका परामर्शदाता प्रमुख जयदेव बन्दोपाध्यायले खुल्ला पहुँचको अवधारणा, नेपालमा यसको सम्भावना र विद्युत मूल्य निर्धारणका विविध पक्षमाथि विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले खुल्ला पहुँच कार्यान्वयन गर्न विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीलाई वित्तीय र प्राविधिकरूपमा कसरी पुनर्संरचना गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए । साथै, खुल्ला पहुँच कार्यान्वयनमा प्राथमिकता निर्धारण, यसका फाइदा/बेफाइदा तथा चुनौतीका साथै नियमन आयोग, प्राधिकरण र प्रसारण तथा वितरण अनुमतिपत्र प्राप्त संस्थाको भूमिकाबारे स्पष्ट पारेका थियो । प्रणालीगत र नीतिगत सुधारका आवश्यक पाटाहरूबारे समेत विस्तृत चर्चा गरिएको थियो ।

कार्यक्रममा इइए नेपालका अध्यक्ष शिवनारायण गोशलीले आगामी दिनमा नवीनतम नीति तथा प्रविधिमा केन्द्रित रहेर यस्ता अन्तरक्रियालाई निरन्तरता दिइने बताए । 'विद्यमान विद्युत् प्रणालीमा गर्नुपर्ने सुधार, नेपालको विद्युत् व्यापारको वर्तमान अवस्था र खुल्ला पहुँच लागु भएपछि व्यापारमा आउन सक्ने परिवर्तनबारे गहन विमर्श भयो,' उनले भने, 'यो हाम्रो लागि आगामी योजनाको पृष्ठपोषण पनि हुनेछ ।'

सोही अवसरमा इइए नेपालका सचिव विनोद शर्माले भारतमा खुल्ला पहुँच कार्यान्वयनका अनुभव र सफलताका कथाबारे समेत अनुभव आदानप्रदान गरिएको बताए । 'ऊर्जा क्षेत्रका समसामयिक, प्राविधिक र नीतिगत विषयमा पेशागत संवाद तथा ज्ञान साझेदारी बढाइनेछ,' उनले भने, 'आगामी दिनदेखि मासिकरूपमा नियमित अनलाइन छलफल शृङ्खला सञ्चालन गर्ने योजना छ ।' यसबाट सरोकारवाला निकाय र प्राविधिक समुदायबीचको सहकार्य थप सुदृढ हुने उनको भनाइ थियो ।

अन्तरक्रियामा प्राधिकरणका माधव पौडेल र आश्विन मरहट्ठा, मृगशिरा कन्सल्टिङ सर्भिसका प्रमुख सरोज कोइराला, माथिल्लो तामाकोसीका शिवप्रसाद दाहाल, विश्वास पाठक लगायत आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३