विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन् । काठमाडौँमा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग (जोइन्ट कमिशन) को बैठकमा सहभागी हुन उनी भारतीय प्रतिनिधि मण्डलसहित काठमाडौँ आउन लागेका हुन् । बिहीबार १० बजे काठमाडौँ ओर्लिने मन्त्री जयशंकर  २ दिन नेपालमा रहँदा ऊर्जा क्षेत्रका विभिन्न परियोजनाले समेत गति लिने भएका छन् । 

नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र भारतीय समकक्षी जयशंकरको उपस्थितिमा नेपाल–भारतबीच २५ वर्षका लागि दीर्घकालीन विद्युत् खरिद–बिक्री सम्झौता (लङटर्म पिपिए) हुने छ । उक्त सम्झौता पत्रमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गर्ने कार्यक्रम छ । 

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजान पाउने गरी उक्त सम्झौता गरिन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ तेस्रो साता भएको भारत भ्रमणका सिलसिलामा नेपालको बिजुली भारत लैजाने गरी दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई ४ सेप्टेम्बरमा बसेको भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । उक्त विद्युत् खरिदबिक्रीको मोडालिटीको विषयमा समेत बैठकमा छलफल हुने कार्यक्रम छ । 

त्यस्तै, १ हजार मेगावाट भन्दा बढी क्षमतामा निर्माण गर्न सकिने तमोर जलविद्युत् परियोजना आफूले विकास गर्ने प्रस्ताव भारतले नेपालसामु बैठकमा राख्ने तयारी गरेको बुझिएको छ । मुआब्जा विवादको अवरोध खेपेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न गर्ने विषय र पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको डिपिआरलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।  

विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणको सिलसिलामा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) १३२ केभी प्रसारण लाइन, कुशाहा (नेपाल)–कटैया (भारत) १३२ केभी दोस्रो सर्किट प्रसारण लाइन र परवानीपुर (नेपाल)–रक्सौल (भारत) १३२ केभी दोस्रो सर्किट प्रसारण लइन परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । 

त्यस्तै परराष्ट्रमन्त्री स्तरीय बैठकमा द्विदेशीय आपसी सम्बन्ध, लामो समयदेखि नेपालले भारतसँग माग्दै आएको भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हवाइमार्गका विषयमा पनि बैठकमा नेपालले एजेन्डा प्रस्तुत गर्ने बताइएको छ । 

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत रहेको छ । 

जयशंकरको सम्मानमा परराष्ट्र मन्त्रालयले रात्री भोजको व्यवस्था समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit