विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले बैशाख ९ र १० गते काठमाडौंमा ‘तेस्रो लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ । विदेशी लगानीमा मात्रै केन्द्रित नभएर स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) लगायतबाट लगानी ल्याउन सम्मेलन गर्न लागिएको हो ।

लगानी सम्मेलनका लागि अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ ।उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार (मंसिर १० गते) बसेको हो । सम्मेलनले औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गरिने महतले बताए । ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्‍याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको पनि महतले बताए।

लगानी सम्मेलन आयोजना गर्न मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।

सम्मेलनका लागि आवश्यक कानूनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३