विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेकी छिन् । भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र भूमिगत विद्युतगृह, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी हुन् ।

सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समय र लागतमा सम्पन्न गर्न उनले निर्देशन दिइन । ‘कुलेखानी बाहेक सञ्चालनमा रहेका सबै आयोजनाहरू नदीको बहाबमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै विद्युत आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ’ भुसालले भनिन्, ‘यस्तो अवस्थाको अन्त्य गर्न रणनीतिक महत्त्वको जलाशय तनहुँको निर्माण स्रोत, साधन, नीतिगत निर्णय, स्थानीय समस्याका कारण ढिलाे हुनुहुँदैन, तोकिएकै समय र लागतमा पूरा गर्नुपर्छ ।’

निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने र त्यसबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् ।

प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति तथा समस्याका विषयमा जानकारी गराएका थिए । आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता गत भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको छ ।

कम्पनीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ ।

ठेकेदार कम्पनीले केबल सुरुङ, मुख्य पुहँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युतगृह खनिरहेको छ । सर्ज ट्यांकतर्फको पहुँच सुरुङ्ग निर्माण सम्पन्न भइसकेकाे छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई ८ वटा टावर ठडाइएको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने अनुमान छ । अहिलेसम्म आयोजनाकाे काम करिब २५ प्रतिशत पूरा भएकाे जनाइएकाे छ ।

आयोजनाका लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३