विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदूपश्चिमको बझाङस्थित कालंगा नदी बेसिनमा निर्माणाधीन ३ जलविद्युत आयोजनाको बिजुली पूर्णरूपमा प्रणालीमा आवद्ध भएको छ । उक्त बेसिनका माथिल्लो कालंगा गाड, कालंगा गाड र सानीगाड गरी ६४ मेगावाटभन्दा बढी विद्युत प्रणालीमा जोडिएको हो ।

यसअघि ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड र १५.३३ मेगावाटको कालंगा गाड प्रणालीमा आवद्ध भइसकेकोमा हिजो (साउन १८ गते) देखि १०.७० मेगावाटको सानी गाड पनि सञ्चालनमा आएको बुंगल हाइड्रो लिमिटेडका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए । यो सँगै सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँचस्थित नेपाल विद्युत प्राधिकरणको १३२/३३ केभी सबस्टेसनमा आवद्ध भएको छ ।

यी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवद्र्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ ।

उक्त परिमाणसँग बलाँच सबस्टेसनमा जोडिएको निजी क्षेत्रको विद्युत करिब १२१ मेगावाट पुगेको छ । प्राधिकरणद्वारा निर्मित ३० मेगवाटको चमेलिया समेत जोड्दा यस सबस्टेसनमा आवद्ध विद्युतको परिमाण करिब १५१ मेगावाट हुन पुग्छ । यसअघि, अपि पावरले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलियाबाट व्यापारिक उत्पादन भइसकेको छ भने सोही कम्पनीद्वारा निर्मित ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड पनि सञ्चालनमा आइसकेका छन् ।

माथिल्लो कालंगा गाड

सानी गाड हाइड्रो कम्पनीद्वारा निर्माण गरिएको ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाडले २०७९ माघ १३ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो । ६ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण पूरा गरिएको यो आयोजनामा माचापुच्छ«े बैंक लिमिटेडको अगुवाईमा ८ बैंकले लगानी गरेका छन् ।

कालंगा गाड

कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको १५.३३ मेगावाटको कालंगा गाडबाट पनि २०७९ सालमै विद्युत उत्पादन भएको थियो । ३ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस आयोजनामा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । जसमा, ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीको हिस्सा रहेको छ ।

सानी गाड

सोही नदी बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरेको १०.७० मेगावाटको सानी गाड साउन १८ गतेदेखि प्रणालीमा जोडिएको छ । निर्माण पूरा गर्दासम्म यसको लागत २ अर्ब २० करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit