विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । ऊर्जा डेभलपर्स कम्पनीको सहायक एसियन हाइड्रो पावर कम्पनीले प्रदेश–१ को इलाम जिल्लामा निर्माण गरेको जलविद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको गोदक सबस्टेसनमा जोडिएको छ । २ साताको परीक्षणको चरण पूरा गरी आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत कात्तिक १५ गतेबाट नै आयोजनाले व्यापारिक विद्युत उत्पादन गरिरहेको छ ।

विद्युत खरीद सम्झौता (पिपिए) मा भएको व्यवस्था बमोजिम नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरूको रोहवरमा आयोजनाको विभिन्न चरणमा परीक्षण गरिएको थियो । व्यापारिक उत्पादन सुरु गरेको आयोजनाले अब वार्षिकरूपमा ३५.९२ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । 

आयोजनाले प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि साधारण सेयर निष्कासनको प्रक्रिया पनि अघि बढाएको छ । आयोजनाको बाँध क्षेत्रदेखि २९९५ मिटर हेडरेस पाइपमार्फत ल्याइएको पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिएको छ ।

आयोजनामा ऊर्जा डेभलपर्स कम्पनीको मुख्य लगानी छ । नदीको बहावमा आधारित यो आयोजनाको ग्रस हेड १३३.१ मिटर छ । डिजाइन डिस्चार्ज ५.७८ मिटर क्युब छ । 

ऊर्जा डेभलपर्सकै सहायक सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको ९.५१ मेगावाटको माइबेनी जलविद्युत आयोजनाले पनि गत असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit