विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्य भोटेकासी जलविद्युत कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत २० गतेदेखि २५ गतेसम्म खुल्ला गरेको सेयर बाँडफाँड गरेको हो ।

कम्पनीको सेयर भर्न आवेदन दिएकामध्ये ८ लाख १९ हजार जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार सेयरका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए ।

कम्पनीले सय रुपैयाँमा अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । निष्कासन भएको सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

यस्तै,  ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीले यसअघि पनि दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

चिलिमेको सहायक मध्येभोटेकोसीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit