विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । बिहीबार (हिजो) सूचिकृत भएको सेयर आइतबारदेखि कारोबार हुनेछ । कम्पनीको ६ करोड कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४.३० रुपैयाँ र अधिकतम २८३.१७ रुपैयाँसम्मको रेन्ज तोकिएको छ । आइतबारको ओपन सेसनमा कारोबार हुँदा यस रेन्जमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ ।

कुल कित्तामध्ये सर्वसाधारण लगानीकर्ताका लागि ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता, सञ्चयकोष्षमा रकम जम्मा गर्ने संचयकर्ता कर्मचारीका लागि १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ । यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता, कम्पनीका संस्थापकहरुका लागि ३ करोड ६ लाख गरी ६ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको छ । आयोजनाको सबै काम पूरा गरेर आगामी २०७९ पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ ।

यो आयोजना अहिलेसम्ममा निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा परेका कारण ढिलाई हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३