काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । आयोगले १८ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै १२ गते अनुमति दिएकाे हाे ।
आफ्ना सेयरधनीलाई १८ करोड ५५ लाख २१ हाजार ५ रुपैयाँ बराबरको १८ लाख ५५ हजार २ सय १५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका कम्पनीले जनाएको छ । कम्पनीले २०७८ कात्तिकमा नै अनुमतिका लागि नेपाल धितोपत्र बाेर्डमा आवेदन दिएकाे थियाे । आवेदन दिएपनि आयाेगले स्वीकृति नदिँदा बाेर्डले प्रक्रिया अगाडि बढाउन सकेकाे थिएन् । अब, आयोगबाट अनुमति पाएसँगै बोर्डले पनि प्रक्रिाय अगाडि बढाउनेछ ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न गरेको २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना सञ्चालनमा छ । यो जलविद्युत आयोजनाले निरन्तर उत्पादन गरिरहको छ ।