विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सबै जसो औपचारिक कार्यक्रमकाे पानसमा बत्ती बालेर उद्घाटन गर्ने गरिएकोमा नेपाल वायो ग्यास प्रवर्द्धन संघको वार्षिक साधारणसभा फरक शैलीमा उद्घाटन गरिएको छ । संघको सोमबार राजधानीमा सम्पन्न २५औं वार्षिक साधारणसभाकाे वायो ग्यास प्लान्टबाट उत्पादन भएको अर्गानिक मल गमलामा हालेर उद्घाटन गरिएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य सदस्य कृष्णप्रसाद ओलीले पोखरास्थित गण्डकी ऊर्जा प्रालिले उत्पादन गरेको अन्नपूर्ण अर्गानिक मल गमलामा राखेर साधारणसभाको उद्घाटन गरे । उनले गमलामा रोपिएको विरुवाका लागि पुग्ने अर्गानिक मल हालेर संघको कार्यक्रमको शुभारम्म गरेका हुन् ।

गण्डकी ऊर्जाले पोखरामा सञ्चालन गरिरहेको व्यावसायिक वायो ग्यास प्लान्टबाट अहिले दैनिक ५ टन अर्गानिक मल उत्पादन गर्दै आएको छ ।प्लान्टबाट उत्पादन हुने अर्गानिक मल ४० र ३ किलो तौलमा बिक्रीका लागि बजारमा ल्याइएको छ । ४० किलो तौलको मलको बोरा व्यावसायिक तरकारी खेती र ३ किलो मल कोशी खेती प्रवद्र्धन गर्ने गरी बजारमा ल्याइएको हो ।

गण्डकी ऊर्जाले दैनिक ६ सय टन वायो ग्यास उत्पादन गर्ने क्षमताको वायो ग्यास प्लान्ट निर्माण गरेको छ । प्लान्टबाट उत्पादन हुने वायो ग्यास होटल, रेन्टुरेन्ट तथा अस्पतालमा बिक्री वितरण हुँदै आएको छ । वायो ग्यास प्लान्टका सञ्चालनका लागि गाई भैंसीको गोबर, कुखुराको सुली, उखु तथा वियर उद्योगबाट उत्पादन हुने फोरोरको प्रयोग हुँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit