विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गतका परियोजनाहरूमा बैंकहरूले लगानी गर्ने मध्ये २० प्रतिशत ऋणकाे जाेखिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लिने भएको छ । यसका लागि केन्द्रले विभिन्न बैंकहरूसँग सम्झौता गरिरहेको छ ।

हालसम्म विभिन्न ८ वटा बैंकसँग सम्झौता भइसकेको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका डेपुटी टिम लिडर प्रेमसागर सुवेदीले बताए । ‘बिहीबार मात्र हामीले सिद्धार्थ बैंकसँग सम्झौता गरेका छौँ,’ उनले भने, ‘हालसम्म विभिन्न ८ वटा बैंकसँग सम्झौता भइसकेको छ ।’

केन्द्रले हालसम्म नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंकलगायत ८ वटा बैंकसँग यस्तो सम्झौता गरिसकेको र अन्य बैंकसँग पनि सम्झौता गर्ने प्रक्रिया अघि बढाइरहेको उनले बताए । सम्झौता अनुसार केन्द्रले सञ्चालन गरिरहेको दीगो ऊर्जा चुनौती कोषले बैंकले प्रवाह गर्ने ऋणको २० प्रतिशतसम्म कर्जा असुलीको जोखिम लिने छ । यसले नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्न बैंकलाई सहज हुने अपेक्षा गरिएको छ ।

नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत हाल देशभर सोलार विद्युत्‌काे नेट मिटरिङ, १ मेगावाटसम्मका ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरायसी विद्युतीय चुलो, सिँचाइका लागि सौर्य वाटर पम्प जस्ता परियोजनाहरू सञ्चालनमा छन् ।

विद्युतीय चुलो प्रवर्द्धन परियोजनाअन्तर्गत हाल देशका विभिन्न लघुवित्त संस्थाहरूमार्फत ७५ हजार घरधुरीमा विद्युतीय चुलो प्रणाली स्थापना गर्ने कार्यक्रम चलिरहेको उनले बताए । यी यस्ता परियोजनामा कर्जा लगानी बढाउन बैंकहरूसँग गरिएको कर्जा जोखिम न्यूनीकरणसम्बन्धी सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा केन्द्रले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit