विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग साेमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए ।

‘छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ’, उनले भने । मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतबारे अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

सुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना अघि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए ।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना ४ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए ।

आयोजना सम्पन्न भए किसानले सिँचाइका लागि १ हजार लिटर पानी ३ रूपैयाँमा उपभोग गर्न पाउनेछन् । आयोजनाका लागि ७८ प्रतिशत एसियाली विकास बैंक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३