विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
मौद्रिक नीतिमा ऊर्जा

काठमाडौँ । पछिल्लो समय देशका वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा लगानी बढाइरहेको देखिन्छ । हरेक महिनाजसो जलविद्युत् आयोजनाका लागि लगानी व्यवस्थापनले पनि यसलाई थप बल पुर्‍याउँछ । यसो त, वाणिज्य बैंकहरूको लगानी सबैभन्दा बढी कृषिपछि ऊर्जा क्षेत्रमै देखिएको छ ।

नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा बैंकहरूको लगानी प्राथमिकतामा कृषिपछि ऊर्जा क्षेत्र नै देखिएको छ ।

२०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट लगानी भएकाे कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.२ प्रतिशत (रु. ५८२ अर्ब ४९ करोड), उर्जा क्षेत्रमा ७.९ प्रतिशत (रु‍. ३५० अर्ब ७४ करोड) भएकाे छ । यसैगरी लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.२ प्रतिशत (रु.४०७ अर्ब २८ करोड) रहेको छ ।

त्यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत (रु.१२५ अर्ब ८३ करोड) र वित्त कम्पनीहरुबाट २१.६ प्रतिशत (रु.१९ अर्ब ३८ करोड) कर्जा लगानी भएकाे माैद्रिक नीतिमा उल्लेख छ । 

मौद्रिक नीति अनुसार सरकारबाट ब्याज उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई १३४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएकाे छ । उक्त कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार १४२ ऋणीलाई ९२ अर्ब ६ करोड रुपैयाँ र ७३ हजार ३८५ महिला उद्यमीलाई ४० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी भएकाे छ ।  

३५२ मेगावाट विद्युत् उत्पादन

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३५२ मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ९०० मेगावाट विद्युत् थप हुने अनुमान छ । साथै, प्राधिकरण र निजी क्षेत्रका धेरै जलविद्युत् आयोजना निर्माणाधीन छन् । तेस्रो लगानी सम्मेलनमार्फत जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न कानूनी तथा नीतिगत सुधार गरेकोले यस क्षेत्रको विकासले थप गति लिने अपेक्षा मौद्रिक नीतिले गरेको छ । 

कृषिमा सुधार

कृषि विभागका अनुसार २०८१ असार ३१ गतेसम्म ६८.६ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । अघिल्लो वर्षको असार २९ सम्म ५६.५ प्रतिशत रोपाईं भएको थियो । मनसुन सक्रिय रहेको र यस अवधिमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको, रासायनिक मलको उपलव्धता सहज भएको र सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकी मूल्य अनिश्चितता हटाएकाले आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अनुमान नीतिले गरेकाे छ ।  

पर्यटक वृद्धिको प्रक्षेपण

आर्थिक वर्ष २०८०/८१ मा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको देखिएकाे छ । सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको, आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको, होटल, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारको विस्तार हुँदै गएको जस्ता कारणले आर्थिक वर्ष २०८१/८२ मा विदेशी पर्यटकको आगमन बढ्न गई पर्यटन क्षेत्र थप विस्तार हुने अनुमान मौद्रिक नीतिले गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३