विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२० केभी डबल सर्किट कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना-कुस्मा खण्ड अबको डेढ सातामा सञ्चालनमा आउने भएको छ । निर्माण पूरा भइसकेको ४० किलोमिटर लामो प्रसारण लाइन सञ्चालनमा आउन लागेको हो ।

अहिले निर्माण सम्पन्न भइसकेको प्रसारण लाइनको परीक्षणको काम चलिरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार यसै साताभित्र प्रसारण लाइन सञ्चालनको तयारी गरिए पनि एउटा सामान आइनपुगेकाले बढीमा १० दिनको समय लाग्ने देखिएको छ ।

प्रसारण लाइन सञ्चालनका लागि परामर्शदाता र एक जना प्राविधिक आइपुग्न बाँकी रहेको पनि उनले बताए । गत असारमा नै प्रसारण लाइन सञ्चालनमा ल्याउने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण भएको लकडाउनमा कामदार घर गएपछि निर्माण प्रभावित हुँदा लक्ष्यभन्दा ढिलो गरी सञ्चालनमा आउन लागेको उनले बताए । उनले प्रसारण लाइन सम्पन्न गर्न म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीले सुरुवातदेखि नै सहयोग पुर्याएको बताए ।

२०७३ भदाैदेखि सुरु भएको प्रसारण लाइनको १ सय १० वटा टावर निर्माण गरिएको छ । दाना र कुस्मामा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माण अन्तिम चरणमा पुगेको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत चाँडै जोडिँदैछ ।

कम क्षमतामा चलिरहेको १३.६ मेगावाटको थापा खोला आयोजना पनि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । थापा खोलाले प्रसारण लाइनको समस्याका कारण अहिलेसम्म १ अर्ब रुपैयाँ बढी आम्दानी गुमाइसकेको छ । ३३ केभी वैकल्पिक लाइनमा जाेडिएकाे थापाखाेलाकाे ६.८ मेगावाट विद्युत मात्रै प्रणालीमा जाेडिएकाे थियाे । बाँकी विद्युत खेर जाँद प्रवर्द्धक माउन्ट कैलाश इनर्जी कम्पनीले ठूलाे आम्दानी गुमाउन पुगेकाे हाे ।

आंशिक चलेको ५ मेगावाटको घलेम्दी पनि पूर्ण क्षमतामा सञ्चालनमा आउने घोषले जानकारी दिए । प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पनि निर्माणाधीन छ । प्रसारण लाइनको २ सय ३० वटा टावर मध्ये अब १ सय वटाको मात्रै काम बाँकी रहेको उनले बताए । 

‘समस्या नभएका स्थानमा धमाधम काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘केही स्थानमा वन क्षेत्र परेकाले रुख कटानको स्वीकृतिका लागि पेश गरेको कागजात वन तथा वातावरण मन्त्रालयमा छ । स्वीकृत भएपछि बाँकी काम पनि अगाडि बढ्छ ।’ 

कालीगण्डकी नदी बेसिनमा निर्माण भएका तथा निर्माणकाे विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाह गर्न सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन निर्माण गरिएकाे हाे ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit