images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार (२६ देखि ३१ भदौ) देखि ‘नाडा अटो शो २०२३’ आयोजना गर्दै छ । २०७६ को अन्त्यबाट फैलिएको कोभिड–१९ महामारीका कारण झण्डै या ४ वर्षसम्म अघि बढ्न नसकेको उक्त प्रदर्शनी मंगलबार (आज) देखि सुरु हुन लागेको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रदर्शनीको एक समारोहका बीच भृकुटीमण्डपमा साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजक नाडाका उपाध्यक्ष एवं मेला व्यवस्थापन संयोजक अनुप बरालका अनुसार यस पटकको मेलामा सानाठूला गरी विभिन्न सवारी साधन उत्पादक कम्पनी, आयातकर्ता तथा अन्य क्षेत्रका गरी कुल १२० वटा स्टल र ब्लकहरू रहने छ ।

दुई लाखभन्दा बढी अवलोकनकर्ताले उक्त मेलाको भ्रमण अपेक्षा गरिएको उनले बताए । यो  वर्षको मेला ४ वर्षपछि मात्रै लाग्न लागेको हुनाले अवलोकर्ताहरूको भीड हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

संयोजक बरालका अनुसार प्रदर्शनीमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे, लगायतका सवारी साधान तथा लुब्रिकेन्ट र पार्टपूर्जाको प्रदर्शनी हुने छ । त्यस्तै, यो पटकको अटो शोमा विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राख्न लागिएको छ । पछिल्लो सयम सवारी उत्पादक हरेक जसो कम्पनीले विद्युतीय सवारी समेत उत्पादन गर्न थालिसकेका छन् ।

यो वर्षका लागि अटो शोको अवलोकनका लागि २०० रुपैयाँको टिकट लाग्ने व्यवस्था गरिएको छ । यसमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने छन् । मेलाको टिकट लिन भौतिक रुपमा मेलामै र डिजिटल माध्यमबाट ‘खल्ती एप’को प्रयोग गरेर लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit