काठमाडौं । सरकारले सर्वसाधारणका लागि नेपाल विद्युत प्राधिकरणको सेयर निष्कासनको व्यवस्था गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै क्रेडिट रेटिङ भइसकेकोले सेयर निष्कासन गरिने उल्लेख गरेका छन् ।
प्राधिकरणले सेयर निष्कासनबाट प्राप्त भएको रकम जलाशययुक्त जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधार निर्माणमा लगानी गर्ने बजेटमा उल्लेख गरिएको छ ।