काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको मंसिर १५ गते बसेको बैंठकले सेयरधनी सदस्यलाई ७ प्रतिशतका दरले बोनस सेयर र ०.३७ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८ सय ५५ रुपैयाँ बोनस सेयर र ०.३७ प्रतिशतका दरले हुन आउने १२ लाख २७ हजार ६ सय २३ रुपैयाँ नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिबाट प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीको दोलखामा ३.५२ मेगावाटको चनरावती खोला जलविद्युत् आयोजना सञ्चालनमा छ ।