विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल जारी पूँजीको  ३० प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो ।

निष्कासन हुने सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार  र सर्वसाधारणका लागि १५ लाख २० हजार  कित्ता सेयर छुट्याइएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

नियुक्ती सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । अब, सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिने तयारी भइरहेको छ ।

बोर्डबाट अनुमति पाएपछि पहिलो चरणमा स्थानीयका लागि र दोेस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit