काठमाडौं । सरकारले प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ३७ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
पछिल्लो समय विद्युत् उत्पादन बढ्दै गएपछि प्रसारण लाइन तथा सबस्टेसन समयमा पूरा नहुँदा समस्या बढ्दै गएको छ । बजेट अभावले पनि कतिपय प्रसारण लाइनका काम पूरा हुन सकेका छैनन् ।
यसैगरी, सरकारले आगामी आवका लागि बुटवल–गोरखपुर ४०० केभी सीमापार प्रसारण लाइन निर्माण तथा कोहोलपुर–लखनउ र लम्की–बरेली ४०० केभी सीमापार प्रसारण लाइन निर्माणको पूर्वतयारीका लागि ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।