विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रामेछापमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सकिएको छ ।  भिजन इनर्जी एण्ड पावर लिले प्रवर्द्धन गरेको आयोजनालाई असोज ११ र १२ गते भएको भीषण वर्षा र बाढी पहिरोले पनि तथा असर नगरेको कम्पनीले जनाएको छ । धमाधम निर्माण कार्य भइरहेकाले आयोजनाको व्यापारिक विद्युत् उत्पादन मिति (आरसीओडी) लाई कुनै असर नगर्ने कम्पनीको भनाइ छ । २०७८ असोज १२ गतेदेखि आयोजनाको निर्माण शुरू भएको थियो । 

आयोजनाको केही खण्डमा पहुँचमार्ग, इन्टरनेट सेवा र निर्माणका लागि विद्युत् शक्ति केही प्रभावित भएको तरप्राकृतिक प्रकोपबाट आयोजनालाई सुरक्षित राख्न यस कम्पनीले सुरक्षाका सम्पूर्ण तयारी गरेको हुँदा आयोजनाको संरचनामा उल्लेख्य क्षति नभएको कम्पनीले जनाएको हो । 

यो आयोजना रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन  छ । नुप्चे र लिखु खोलामा अलग–अलग बाँध निर्माण गरी दुई वटा सुरुङ खनेर ल्याइएको पानी एकै विन्दुमा मिसार्इ विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम भइरहेको छ । 

उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजनाको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाइमा र विद्युत्गृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ ।

हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू–४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौं, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३