काठमाडौं । सरकारले करिब तीन महिनाको पेट्रोलियम मागलाई धान्नेगरी भण्डारण क्षमता वृद्धि गर्ने भएको छ । संसदको दुवै सदनमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । पोखरामा हवाई इन्धन गृह र अलेखगञ्जमा थप दुई वटा इन्धन गृह निर्माण गरिने भनिएकाे छ ।