विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण २२, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार संघले १८ गतेदेखि गरिरहेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ । 

संघले माघ २४ गते पेश गरेको १९ बुँदे ज्ञापनपत्रमा समावेश रहेका मागका सम्बन्धमा मंगलबारको बैठकले विभिन्न निर्णय गरेपछि संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । 

बैठकमा अनुसार ग्यास उद्योगहरुको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२.७५ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको छ । तर, यो मूल्य उपभोक्ताले तिर्नु नपर्ने र निगम आफैँले व्यहोर्ने बैठकको सहमति छ । 

त्यस्तै, निगम सञ्चालक समितिको चैत १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई १८ गतेदेखि ग्यास उद्योगीहरुले निगमबाट पिडिओ नउठाएको र सो कारणले बजारमा ग्यास आपूर्ति असहज बनेकोले उद्योगीलाई दिइँदै आएको प्रतिसिलिन्डर मुनाफा कुन विधिबाट दिने भन्न विषयमा अभ्ययन उपसििमत बनाई अध्ययन गर्ने निर्णय भएको छ । 

निगम र संघ दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने माग तत्काल सम्बोधन गर्ने, सम्बोधन गर्न नसक्ने माग निगमले मन्त्रालयमा पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३