विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टीतेल गरी उक्त मूल्य बराबरको बराबरको पेट्रोलियम पदार्थ भित्रिएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को यही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् ५.६ प्रतिशतले पेट्रोलियम आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । ४ अर्ब ७२ करोड ६ लाख रुपैयाँ मूल्य पर्ने ५३ हजार १ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी, याे अवधिमा ३ अर्ब २२ करोड ६५ लाख रुपैयाँको ३३ हजार ७ सय ४४ किलोलिटर डिजेल आयात भएको छ । १ अर्ब २४ करोड ७ लाख रुपैयाँको १२ हजार ८ सय ११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँको ४ हजार १ सय १२ किलोलिटर एटिएफ र ९ करोड ५ लाख रुपैयाँको ९ सय ६४ किलोलिटर मट्टितेल यही अवधिमा आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३