काठमाडौँ । नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, पेट्रोल तथा मटीतेलको मूल्य घटाएको छ । नयाँ खरिद मूल्य अनुसार पेटोलमा ७, डिजेल र मटीतेलमा ५ रुपैँया घटाइएकाे छ ।
अब पेट्रोलको मूल्य पहिलाे वर्गमा प्रतिलिटर १६८.५० रुपैयाँ, दाेस्राेमा १७० रुपैयाँ र तेस्राेमा १७१ रुपैयाँमा काराेबार हुनेछ । यस्तै, डिजेल र मटीतेल पहिलाे वर्गमा १५१.५० रुपैयाँ, दाेस्राेमा १५३ रुपैयाँ र तेस्राेमा १५४ रुपैयाँमा काराेबार हुने निगमले जनाएकाे छ ।
इण्डियन आयल कर्पाेरेसन (आइओसी) बाट मूल्य घटेर आएकाे हुँदा साेही अनुसार मूल्य समायाेजन गरिएकाे पनि निगमले जानकारी दिएकाे छ ।