विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दोलखामा ४२ मेगावाटको लाप्चे तामाकोशी आंशिक जलाशय आयोजना अघि बढाउन लागिएको छ । प्रवर्द्धक कम्पनी डायनामिक हाइड्रो इनर्जी प्रालिले तयार पारी पेश गरेको पूरक वातावरणीय प्राभाव मूल्याङ्कन प्रतिवेदन (एसईआईए) रायसुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ । 

सुरुमा ४० मेगावाट क्षमतामा अघि बढाइएको आयोजनालाई संरचना तथा डिजाइन परिवर्तन गरी ४२ मेगावाटमा अघि बढाइने भएपछि आयोजनाको एसईआईए गर्नुपर्ने भएको हो ।

यसका लागि मन्त्रिपरिषद्ले २०८० पुस २६ गते ऊर्जा मन्त्रालयले सहमति प्रदान गरेको थियो । आयोजनाको ४० मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) समेत भइसको छ । थप २ मेगावाटको पीपीएका लागि समेत प्रक्रिया अघि बढेको बताइएको छ । आयोजनाको संरचना परिवर्तन गर्दा निर्माण स्थल गौरीशंकर संरक्षण क्षेत्रमा काटिने रुखहरूको संख्या समेत घट्ने आयोजनाको एसईआईएमा उल्लेख गरिएको छ ।

दैनिक १ घण्टा 'पिकिङ आवर'मा चलाउने गरी डिजाइन गरिएको आयोजनाको वित्तीय व्यवस्थापन समेत पूरा भइसकेको छ । त्यस्तै, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल डिजाइन समेत तयार भइसकेको छ । 

वार्षिक औषत २५३ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने आयोजनाको बिजुली ४४ किलोमिटर लामो १३२ केभीको लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा जोड्ने तयारी छ । 

कुल ७ अर्बको लागतमा विगु गाउँपालिका–१ मा निर्माण हुने गरी अघि बढाइएको आयोजनाको निर्माण सुरु भएको ४ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३