विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । असार १ गते कास्कीको मादी खोलामा आएको बाढीले क्षतिग्रस्त ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका बढीमा १ वर्षसम्म धकेलिने भएको छ । बाढीले आयोजनामा ठूलो क्षति पुर्याएकाले निर्माण अवधि लम्बिँदा विद्युत उत्पादन तालिका पनि प्रभावित हुने देखिएको हो ।

बाढीले क्षति गरेपछि असार १ गतेपछि आयोजनाको बाँध र विद्युतगृहको निर्माण ठप्प छ । आयोजनामा उपयोग हुने निर्माण उपकरण र समाग्री नै बाढीमा बगेकाले निर्माण ठप्प हुन पुगेको प्रवद्र्धक सुपर मादी हाइड्रो पावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । सुरुङ सुरक्षित रहेकाले निर्माण जारी राखिएको छ ।

उनले आयोजनाको उत्पादन तालिका बढीमा १ वर्ष र घटीमा ६ महिनासम्म लम्बिन सक्ने बताए । आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने तालिका छ । बाढीले आयोजनामा ठूलो क्षति गरेका कारण नै अब यो तालिकाअनुसार विद्युत उत्पादन सुरु गर्न सम्भवन नहुने देखिएको पनि उनले बताए ।

 ‘बाढीले आयोजनामा १ अर्ब १७ करोड रुपैयाँ बढीको क्षति गरेको प्रारम्भिक अनुमान गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘थप अध्ययन गरेपछि मात्रै यकिन विवरण आउनेछ ।’ उनले हाइड्रोमेकानिकलतर्फ र इलेक्ट्रोमेकानिकलतर्फ १० करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति देखएिको बताए । प्रसारण लाइनतर्फ करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । 

उनले क्षतिग्रस्त आयोजनाको बीमा दाबी गर्ने प्रक्रिया अघि बढाएको बताए । कम्पनीले नेको इन्सोरेन्ससँग आयोजनाको बीमा गरेको छ । इन्सोन्सबाट सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फ भएको क्षतिको भर्पाइ गरिने पनि ढुंगानाले बताए ।

बाढीले आयोजनामा रहेका २५ करोड रुपैयाँ बराबरको निर्माण उपकरण बगाएको छ । ४ वटा स्काभेटर, ५ वटा डिजेल जेनेरेटर, ३ वटा क्रशर, ३ सय केभीएका २ वटा जेनेरेटर, २ वटा डिजेल ट्यांक, कंक्रिट पम्प, ट्र्याक्टर, ट्रिपर, बुमर, ब्याचिङ प्लान्टलगायतका निर्माण उपकरण बढाएर लगेको छ ।

यस्तै, बाढीले १७ करोड रुपैयाँ बराबरको निर्माण समाग्री बगाएको छ । १० हजार बोरा सिमेन्ट, साढे ४ सय टन डण्डी, स्टिल फाइबर, केमीकललगायतका निर्माण सामाग्री पनि बाढीमा बगेको उनले बताए ।

बाढीले आयोजनाको बाँध क्षेत्रका संरचनामा पनि ठूलो क्षति गरेको छ । बाँध क्षेत्रमा बोडर लाइनिङ, कफर ड्याम, भर्खरै कंक्रिटिङ गरेको संरचना भत्काएको छ । विद्युतगृहमा खोलाको बाढी बसेकाले के कति क्षति भयो, त्यसको यकिन भइनसकेको कम्पनीले जनाएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनीले सम्भव भएसम्म चाँडै निर्माण सुचारु गर्ने उद्देश्यले निर्माण उपकरण खरिदको प्रक्रिया अघि बढाएको छ । बीमा दाबी, निर्माण उपकरण तथा सामाग्री खरिदलगायतका प्रक्रिया पूरा गरेर बाँध र विद्युतगृहको निर्माण सुचारु गर्न बढीमा ४ महिना समय लाग्ने ढुंगानाले जानकारी दिए ।

आयोजनाको ८० प्रतिशत बढी निर्माण पूरा भइसकेको अवस्थामा बाढीले ठूलो क्षति पुर्याएको हो । सिभिलतर्फको काम सम्पन्न गर्नका लागि ३ अर्ब ७७ करोड रुपैयाँमा ठेकेदारसँग ठेक्का सम्झौता भएकोमा ३ अर्ब २ करोड रुपैयाँ बराबरको आर्थिक प्रगति भएको थियो । 

बाढीले क्षति पुर्याउँदा आयोजनाको निर्माण लागत पनि बढ्ने देखिएको छ । संरचनाको पुनर्निर्माण गर्नु परेकाले तथा निर्माण अवधि लम्बिएकाले बढ्ने बैंकको ब्याजका कारण लागत बढ्ने देखिएको हो । साथै, निर्माणमा हुने ढिलाइले विद्युत उत्पादन धकेलिँदा विद्युत बिक्रीबाट आम्दानी गर्न नपाउँदा समेत आर्थिक नोक्सानी हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit