विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा १७१ मेगावाटको दूधकोसी–६ आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ । सगरमाथा हाइड्रो पावर प्रालिले पहिचान गरेको आयोजनाकाे निर्माण प्रक्रिया अघि बढाइएकाे हाे ।

जिल्लाको पासाङल्हामु गाउँपालिका भएर बग्ने दूधकोसी नदीको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिइएको छ । विभागबाट स्वीकृती प्राप्त हुने लगतै आयोजनाको सिभिल संरचनाकाे काम अघि बढाइने कम्पनीले जनाएकाे छ ।

विभागले कम्पनीकाे नाममा अनुमति जारी गर्न प्रक्रिया अघि बढाएकाे छ । विभागले कम्पनीद्वारा प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा लिखित राय/सूझाव पेश गर्न आग्रह गरेको छ ।

प्रस्तावित आयोजनाको डिजाइन बहाव ५१.७५ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ३७६ मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक सरदर ९८३.९३४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मूख्य संरचनाहरू दूधकोसी नदीको दायाँ किनारामा पर्दछन् । नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने इन्टेकबाट पानी फकाई सो पानीलाई आयोजनाको मूख्य संरचनाहरू हुँदै भूमिगत विद्युत् गृहमा झारिनेछ ।

सर्जट्याङ्कबाट कुल ५९८ मिटर लम्बाई र ४ मिटर आन्तरिक व्यास भएको पेनस्टक पाइपमार्फत पानीलाई भूमिगत विद्युत् गृहमा पुर्याइनेछ । आयोजनाको ४९ मिटर लम्बाई, २२.७ मिटर चौडाई र २८ मिटर उचाई भएको भूमिगत विद्युत गृहमा ३ वटा ५८.२९१ मेगावाट क्षमताको टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएको ३ वटा ६६.८७ एमभिएको थ्री फेज जेनेरेटर मार्फत १७१ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

उत्पादित ऊर्जालाई १२० केभीको डबलसर्किट प्रसारण लाइन मार्फट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको न्यू–खिम्ती सबस्टेसनमा जोडिनेछ । आयोजनाको काम २०८४ साल मंसिरभित्र पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit