विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सांघाई । चीनले विश्वमा कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुने कूल ऊर्जामध्ये  आफ्नो हिस्सा ५३ प्रतिशत पुर्याएको छ । चीनले पछिल्लो ५ वर्षमा कोइलामा आधारित प्लान्टको उत्पादन ९ प्रतिशत बढाएर विश्वका बाँकी सबै देशलाई उछिनेको हो ।

चीनले सन् २०२० मा मात्रै कोइलामा आधारित थर्मल प्लान्टबाट ३८ हजार ४ सय मेगावाट विद्युत प्रसारण प्रणालीमा थपेको बेलायतको लण्डनस्थित ऊर्जा तथा जलवायु सम्बन्धि अध्ययन गर्ने समूह(इम्बर) ले सार्वजनिक गरेको रिर्पोटलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

चीनले सन् २०१५ सम्म विश्वमा ४४ प्रतिशत ऊर्जा कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन गर्दै आएको थियो । चीन मात्रै यस्तो जि–२० राष्ट्र हो जसले कोइलामा आधारित थर्मल प्लान्टबाट विद्युत उत्पादनमा छलाङ मारेको छ ।

गत वर्ष प्रणालीमा थपिएको कोइलामा आधारिति प्लान्ट निर्माण गर्न चीनको लगानी बाँकी विश्वको भन्दा ३ गुणा बढी हो । चीनले परम्परागत ऊर्जा उत्पादनमा आधाभन्दा बढी हिस्सा ओगटे पनि पछिल्लो एक दशकमा कूल खपत हुने विद्युतमध्ये कोइलामा आधारित विद्युतको सिस्सा घटाउँदै लगेको दाबी गरेको छ ।

चीनमा दशकअघिसम्म कूल खपत हुने ऊर्जाको ७० प्रतिशत कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुँदै आएको थियो । अहिले यो हिस्सा ५६.८ प्रतिशतमा झरेको जनाइएको छ । प्रणालीबाट थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको परिमाणलाई घटाउँदै लगेको दाबी गरे पनि सन् २०१६ देखि २०२० को अवधिमा कोइलामा आधारित थर्मल प्लान्टबाट हुने विद्युत उत्पादन १९ प्रतिशत बढेको देखिन्छ ।

चीनले जलवायु परिवर्तनका चुनौती बढ्दै गएकाले यसको असर न्युनिकरण गरी कार्बन उत्सर्जन घटाउन सन् २०३० भन्दा अगावै कोइलामा आधारित ऊर्जा मार्थिको निर्भरता कम गर्दै लैजाने प्रतिवद्धता जनाएको रोयटर्सले जनाएको छ । 

चीनले कोइलामा आधारित प्लान्टमाथिको निर्भरता घटाउन पञ्च वर्षिय योजना बनाएको छ । निर्भरता घटाउन सन् २०२१ देखि २०२५ सम्ममा कोइलामा आधारित पावर प्लान्टको निर्माणको गति नियन्त्रण गर्दै लैजाने उसको योजना छ ।

अहिलेको विद्युतको बढ्दो माग धान्न नवीकरण ऊर्जाको स्रोतबाट हुने उत्पादनमा मात्रै निर्भर हुन सक्ने अवस्था नरहेकाले यसका लागि समय लाग्ने जनाइएको छ । अहिले कूल मागको आधा विद्युत मात्रै नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भइरहेको छ ।

चीनले यही कारण पनि नवीकरणीय ऊर्जा उत्पादनलाई जोड दिइरहेको छ । उसले गत वर्ष वायु ऊर्जाबाट ७१ हजार ७ सय मेगावाट विद्युत उत्पादन गरेर प्रणालीमा थपेको छ । 

यो पनि वायु ऊर्जा उत्पादनको इतिहासमा एउटा रेकर्ड हो । सौर्य ऊर्जा प्रविधिबाट समेत ४८ हजार २ सय मेगावाट विद्युत उत्पादन गरेको छ । 
रोयटर्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit