विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत उत्पादन सुरु गरेको ३८ महिनापछि १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजना दाना सबस्टेसनमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी कोरिडोर डबल सर्किट प्रसारण लाइन आयोजनाको दाना–कुस्मा खण्ड सञ्चालनमा ल्याएकाले थापाखोलाको सबै विद्युत प्रणालीमा आउन लागेको हो ।

प्राधिकरणले प्रसारण लाइन  र सबस्टेसन ‘नो लो’ मा चार्ज गरेपछि अब थापाखोलाको विद्युत खेर फाल्नु नपर्ने आशा जागेको प्रवर्द्धक माउन्ट कैलाश इनर्जी कम्पनीका अध्यक्ष भरत खड्काले बताए । उनले थापाखोलाको विद्युत दाना सबस्टेसनमा जोड्नेबारे छलफल गर्न प्राधिकरणले माघ २१ गते बोलाएको बताए ।

‘हामीले ३८ महिनाअघि नै आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिलेसम्म विद्युतगृह पूर्ण क्षमतामा चलाउन नपाउँदा ९२ करोड रुपैयाँ आम्दानी गुम्यो ।  प्राधिकरणले बल्ल प्रसारण लाइनको काम सकेको छ । अब एक साताभित्र दानामा जोड्न सकिने सम्भावना छ ।’ उनले कम्पनीले आयोजनाको विद्युतगृहदेखि दानासम्मको प्रसारण लाइन पहिले नै निर्माण गरिसकेको बताए । 

प्रसारण लाइन नबन्दा थापाखोलाको विद्युत ३३ केभी बेनी–जोमसोम लाइनको मुस्ताङस्थित कोवाङ सबस्टेसनमा जोडिएको छ । यो प्रसारण लाइनले नधान्दा बढीमा ६.८ मेगावाट विद्युतमात्रै प्रणालीमा जडान भई बाँकी खेर गइरहेको अवस्था छ । 

हिउँदमा धेरै नोक्सानी नभए पनि बर्खाको बेला धेरै आम्दानी गुमाउनु परेको उनले बताए । कहिले काहीं ३३ केभी लाइनको टावर ढल्दा उत्पादन बन्द गरेर बस्नु पर्ने अवस्थासमेत झेलेको उनले बताए ।

विद्युत बिक्रीबाट हुने करोडौं रुपैयाँ आम्दानी खोलामा बगेपछि कम्पनीलाई बैंकको ब्याज तिर्न समस्या भएको थियो । थापा खोलाले २०७४ मंसिर २२ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो । २ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण पूरा भएको आयोजनाले वार्षिक ६९.३३ मेगावाट विद्युत उत्पादन गर्छ ।

दाना सबस्टेसनमा म्याग्दीस्थित ५ मेगावाटको घलेम्दी आयोजना पनि जोडिँदैछ । यो आयोजनासमेत प्रसारण लाइन समस्याले यो आयोजना पूर्ण क्षमतामा चल्न पाएको थिएन । 

४२ मेगावाटको मिस्ट्री खोला निर्माणको अन्तिम चरणमा छ । यो आयोजनाले अब चाँडै विद्युत उत्पादन सुरु गर्दैछ । थापाखोला र घलेम्दी जस्तै प्रसारण लाइन समस्याले २३.५ मेगावाटको सोलुखोला, २५ मेगावाटको सिंगटीलगायत आयोजनाको विद्युत खेर गइरहेको छ ।

३३ केभी लाइनले लोड नलिँदा संखुवासभा, भोजपुर र तेह्रथुममा सञ्चालित जलविद्युत केन्द्रको ११ मेगावाट विद्युत खेर गइरहेको छ । टुंगुन ठोस्ने र खानीखोलाले पनि साढे ३ वर्षसम्म करिब ३५ करोड रुपैयाँ आम्दानी गुमाएपछि प्रसारण लाइनको समस्या समाधान भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit