विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशको लमजुङ जिल्लाको दोर्दी खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय÷सुझाव पठाउन सरोकारवालसँग समक्ष आग्रह गरेको छ ।

विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचना इलेप खोलाको बायाँ किनारमा पर्दछ ।

दोर्दी खोदामा बाँध बाँधी ४.२ किलोमिटर लामो सुरुङमार्फत पानीलाई भुमिगत विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडित २ वटा टर्वाइन र २ वटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी डबल सर्किट प्रसारण लाइन मार्फत ६ किलोमिटर दुरीमा रहेको सुपर दोर्दी ख को विद्युत गृहमा पुर्याइनेछ । र त्यहाबाट दुवै आयोेजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको दोर्दी कोरिडोर हव सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ ।

आयोजना पुरा भएपछि वार्षिक ३३५.०४ गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ । कम्पनीले अहिले ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३