विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशाय जलविद्युत् आयोजना निर्माणको काम ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कर्णाली प्रदेश डोल्पा जिल्लाको जगदुल्ला गाउँपाालिका र मड्केचुला गाउँपालिकामा पहिचान भएको आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

विद्युत् विकास विभागले आयोजनाको उत्पादन अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गर्न ३५ दिने सूचना प्रकाशन गरेको छ । विभागले यो आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे राय/सुझाव माग गरेको छ । इच्छुकले ३५ दिनभित्र राय पठाउनु पर्नेछ ।

आयोजना बनाउन २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टटमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरिसकेका छन् ।

आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने भएको छ । ३० प्रतिशतबाट ७ अर्ब २५ करोड रुपैयाँ जुटाइने भएको छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँमा र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्ने छ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।

यो आयोजनाको मुख्य संरचनाहरू नदीको बाँया किनारामा पर्दछन् । आयोजनाको ६१३९ मिटर लामो हेडरेस टनेल पाइप, १४०६ मिटर लामो प्रेसर स्टाफमार्फत पानीलाई भूमिगत विद्युतगृहमा पुर्‍याइनेछ । विद्युतगृहमा ३ वटा टवाईन जडान हुनेछन् । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit