विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साेलुखुम्बुमा निर्माणाधीन १९.८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजनाको ९२ प्रतिशत काम सकिएको छ । बेनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेकाे आयोजनाको काम पूरा हुने चरणामा पुगेकाे हाे । 

अहिले सिभिलतर्फ अन्तिम चरणकाे काम भइरहेको आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार बाँध र विद्युतगृहको काम सकिन लागेको छ । पेनस्टक पाइप जडानकाे काम धमाधम भइरहेकाे छ । अब २ सय मिटर पेनस्टक पाइप जडानकाे काम मात्र बाँकी रहेकाे उनले जानकारी दिए ।

‘आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिल उपकरण जडानको काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उपकरण जडान सम्बन्धि सबै काम पूरा हुन अब ३ महिना  जति लाग्छ । याे काम सकिएपछि परीक्षण सुरु गर्छाैं ।’ उनले पछिल्लाे तालिकाअनुसार चैतभित्र आयोजनाबाट परीक्षण उत्पादन गर्न सकिने सम्भावना देखिएकाे बताए ।

यसअघि आयोजनाबाट गत मंसिरदेखिस नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियाे । यसबीचमा काेराेना (काेभिड–१९) महामारीकाे प्रभाव,दशैं तिहारलगायतका पर्व परेका कारण तथा विद्युत प्रवाह हुने प्रसारण लाइन तयार भइनसेकाले निर्माण लम्बिन पुगेकाे हाे ।

सुरुवातकाे तालिका २०७६ पुसभित्र विद्युत उत्पादन गर्ने थियो । उत्पादित विद्युत जोडिने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन समस्याकै कारण २०७७ पुससम्म विद्युत उत्पादनको तालिका सारिएको थियो ।

प्रसारण लाइन तयार नहुँदा तालिका फेरि २०७८ साउनसम्मका लागि सारिएको थियो । साउनबाट पनि सरेर मंसिरमा पुग्याे । अहिले फेरि चैतमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले याे आयोजनाकाे विद्युत प्रवाह हुने १३२ केभी साेलु काेरिडाेर प्रसारण लाइनकाे निर्माण भर्खरै सम्पन्न गरेकाले विद्युत उत्पादनकाे तालिका अब प्रभावित नहुने कम्पनीले जनाएकाे छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ तिन्ला सबस्टेसनमा जाेडिनेछ । विद्युतगृहदेखि तिन्ला सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले  निर्माण गरिरहको छ । १२ किलोमिटर लामो लाइनमा ४१ वटा टावर रहने छन् ।

यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा ४ बैंकले ऋण लगानी गरेका छन् । यो आयोजना सुरुमा १८ मेगावाटमा निर्माण थालिएको थियो । निर्माणका क्रममा नै क्षमता विस्तार गरेर १९.८ मेगावाट बनाइएको हो ।

२०७१ साउनमा आयोजनाको अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनः दिएपछि निर्माण सुरु गरिएको थियो ।

सोलु बेसिनमा माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । प्रसारण लाइन समस्याकै कारण निर्माण सम्पन्न भइसकेको साढे २३ मेगावाटको सोलु खोला आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit